
पोखरा ः घाइते भएर राम्रो संग उड्न नसक्ने अवस्थाको एउटा कालो चीललाई पोखरामा उद्धार गरिएको छ । पोखराको बैदाम स्थित बसन्त बैठकका गणेश पहारीले उड्न नसक्ने अवस्थाको चीललाई कागहरुले ठुगेको देखेपछि संरक्षणकर्मी कृष्णमणि बराललाई खवर गरेका थिए ।

बरालले चीलको उद्धार गरि जिल्ला वन कार्यालय कास्कीलाई खवर गरेका थिए । जिल्ला वन कार्यलयका कर्मचारी वन्यजन्तु उद्धार गर्न हालसालै संचालनमा आएको वाइल्डलाईफ एम्बुलेन्स सहित आएका थिए । उद्धार गरिएको चीललाई वन्यजन्तु उपचार केन्द लेखनाथमा राखिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।

चीलको दुईवटै पखेटामा चोट लागेको र पछाडी पनि घाउँ रहेकोले उड्न नसक्ने अवस्थामा रहेको पराजुलीले बताए । पचभौयाको वन्यजन्तु उपचार केन्द्रमा राखेर उपचार भइरहेको पनि उनले सुनाए । हामीले उड्न नसक्ने भइन्जेल सम्म चारा खुवाएर राख्छौ । उड्न सक्ने भएपछि उसैको घर प्रकृतिमा छाड्ने हो सूचना अधिकारी पराजुलीले भने ।
यसरी गरियो चराको उद्धार । फोटो फिचर ।





हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…