
जर्मन । बोन सहरमा अहिले वसन्त मौसम छाएको छ। वसन्तसँगै यहाँको पुरानो सहर आल्डस्टाडको भित्री बाटोहरूमा मन लोभ्याउने तरिकाले चेरीका बोटहरूमा ढकमक्क फूलहरू फुलेका छन्। मे महिनाको पहिलो/दोस्रो साता मान्छेहरूको घुइँचो हुन्छ।
चेरीका बोटहरू जर्मनीको रैथाने बिरुवा होइनन्। जिल्लाको नवनिर्माणको क्रममा बोनको पुरानो सहरमा सन १९८० को दशकमा जापानी चेरीका बोटहरू रोपिएका थिए। रोपिएका चेरीले सहरलाई अर्को परिचय दिएका छन् l यहाँ हुने ‘चेरी फुल्ने महोत्सव’ले अन्तर्राष्ट्रिय ख्याति कमाई सकेको छl
अरू बेला भन्दा चेरी फुल्ने समयमा बोनमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको वृद्धि भएको पाइएको छ। विश्वभरका मानिसहरू, मुख्यतया चिनियाँ र जापानी पर्यटकहरू बोनको यो चेरी फुल्ने महोत्सवमा सहभागी हुन आउँछन्। यस महोत्सवले स्पेन, इटाली र नेदरल्याण्डस् बाट पनि धेरै आगन्तुकहरूलाई आकर्षित गरेको पाइएको छ।
सहरको स्वस्थ र सुन्दरता यस्तै चेरी जस्तै फूल फुल्ने बिरुवा रोपेर बढाउन सकिन्छ l यसको ज्वलन्त उदाहरण बोन सहरले प्रस्तुत गरेको छ । नेपालमा अव्यवस्थित सहरीकरण बढिरहेको अवस्थामा यसरी नयाँ सहरहरूमा यस्तै बिरुवाले भरिएको हरिया सहर बनाउन सकिन्छ ।
पुराना सहरहरूमा (जस्तै काठमाडौ उपत्यका) पनि यदि राम्रो योजना बनाउने हो भने प्राचीन सहर बोनको जस्तै सजिलै बाटाहरू हरिया र फूलले ढकमक्क पार्न सकिन्छ। यसले पर्यावरणलाई राम्रो बनाउने मात्र नभई आन्तरिक र बाह्य पर्यटनको सृजना पनि गर्न सकिन्छ। विदेशीको नक्कलमा मौलिकता विहीन छाता झुन्ड्याउनु भन्दा यस्ता वातावरण मैत्री सहर विकास तिर लाग्ने हो कि ?





( अमितकुमार बासुकला हेम्बर्ग विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् l उनी जलवायु परिवर्तन र समाज भन्ने प्रोजेक्टमा वातावरण मैत्री कृषि सबन्धमा शोध गर्दै छन् l )




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…