
पोखरा : हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हिउँदमा कोही पनि पुग्न नसकेको विश्वको दोस्रो उच्च शिखर केटुको सफल आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई नागरिकसम्मान गर्न लागिएको हो ।

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका युवालाई पोखरामा नगरिक अभिनन्दन गरिने विषयमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई ।
विश्वकै सर्वोच्च सगरमाथा हिमाल पछि विश्वको दोस्रो सर्वोच्चा हिमाल केटु ८ हजार ६ सय ११ मिटर अग्लो रहेको छ । यो हिमाल पाकिस्तानमा पर्दछ् । यस हिउँदमा केटु हिमाल आरोहण गर्न र विश्व कीर्तिमान आप्नो नाममा लेखाउन दर्जनौं पर्वतारोहीहरु प्रयासमा थिए । दश नेपाली आरोहीहरुले यो कीर्तिमान राख्न सफल भएका हुन् । माघ ३ गते शनिबारका दिन हिउँदमा केटु हिमालको सफल आरोहण गरेर नेपाली युवाहरुले इतिहास रचेका थिए ।
विश्वको जोखिम मानिएको र हिउँदमा पहिलो पटक केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशीमा सफल हिमाल आरोही युवालाई नागरिक सम्मान गर्न लागिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । आरोहण दलमा निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा रहेका छन् । यसै गरि आर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा रहेका छन् । सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गरेका थिए । आरोहण दलमा १० नेपालीहरु सुरुमा फरक फरक आरोहण दलमा समावेश भएका भए पनि पछि नेपालको नाममा कीर्तिमान कामय गर्न एकै दल बनाएका थिए ।
केटु हिमाल सफल आरोहण गरेर विश्व रेकड कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल आरोहीले नेपाल र नेपालीको विरतालाई सधै र सदाकालागी अविश्मरणीय बनाएको पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले बताए । आरोही दललाई माघ २६ गते पोखरामा नागरिक सम्मान गर्न लागिएको हो । पोखरा विमानस्थलमा स्वागत गरेपछि बाजागाजा सहति नगर परिक्रमा गरी लेकसाइड स्थित माउन्ट कैलाश रिर्सोटमा गण्डकी प्रदेशका मुख्य मन्त्री लगायतको उपस्थितीमा सम्मान गरिने परिषदका अध्यक्ष भट्टराईले बताए । नेपालमा ७० देखि ८० प्रतिशत विदेशी पर्यटक माउण्टेन टुरिजमकै लागि आउने उनले सुनाए । यसैले पछि केटु हिमालका सफल आरोहणले नेपालको माण्टेन पर्यटनको विकासमा सहयोगी हुने टान पोखराका अध्यक्ष सुशील प्रसाद पौडेलले बताए । सोही कार्यक्रममा माघ ३ गते धम्पुस पिक (थापा पिक) सफल आरोहण गरेका ६ जना आरोहीहरुलाई पनि सम्मान गरिने छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…