
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पोखरा दोस्रो लकडाउनमा छ । पोखरेली होम क्वारेन्टाइनमा छन् ।
बिहीबार राति पानी परेपछि धेरै जसो समय बादलले ढाकिने कुमारी माछापुच्छ्रे, अन्नपूर्ण हिमाल शुक्रबार बिहानै देखि हिमाल खुलेको छ । हिमाल खुलेपछि हिमालकाे सुन्दरता फेलातालमा पाेखिन्छ । पोखराबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु देखिन्छन् । सुन्दर हिमालले विश्वभरका पर्यटकलाई पोखरा आउन वर्षेनी प्रेरित गर्छन् ।
सामान्य अवस्थामा यतिबेला पोखरा र पदयात्रा क्षेत्रमा पर्यटकको चहलपहल हुन्थ्यो। कोभिड–१९ का कारण पोखरा मात्रै हैन विश्व पर्यटन बजार ठप्प छ। हिमालको सुन्दरता हेर्न र पदयात्रामा जान चाहेर पनि पर्यटक कोभिडका कारण आउन पाएका छैनन् । कोरोना संक्रमण कम हुँन थालेपछि केही संख्यामा भए पनि विदेशी पर्यटक पोखरा आएका थिए । तिनै पर्यटक मध्ये केही पर्यटक दोस्रो लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान रोकीएपछि घर फर्कन पनि पाएका छैनन् । विभिन्न देशका करिव १५० जना पर्यटक अझै पनि पोखरामा रहेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख राजन रायमाझीले बताए ।
काेभिड नियन्त्रण गर्न पाेखरा यतीबेला लकडाउनमा छ । त्यसैले पाेखरा सुनसान छ । तस्बिरमा हेर्नुहाेस सुन्दर हिमाल, सुनसान पाेखरा ।









प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…