
पोखरा : कोरोना नियन्त्रण गर्न पोखरा बैशाख १५ गतेदेखि लकडाउनमा छ । दोस्रो लहरको कोरोना संक्रमण दर तीब्र रुपमा बढिरहेको छ।
मृत्यु त्रासमा मानिसका दैनिकी घरभित्रै सीमित भएका छन्। सडकमा अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन्। सामान्य अवस्थामा धुवाँ, धुलो उडाउँदै ध्वनी प्रदूषण गर्दै गुड्ने सवारी साधन यतिबेला ग्यारेजमा थन्किएका छन्।
यसैले व्यस्त रहने पोखराका मुख्य सडक न्युरोड, पृथ्वीचोक, लेकसाइड र भित्री सडक र गल्ली सबै क्षेत्र सुनसान छ।
सुनसान सडकमा चराचुरुङ्गी र चौपाया निस्फिक्री भएर सडकमै बसेका छन् । चराले सडकमा फ्याँकिएका चारा खाएर रमाएका छन्। सडकको बिचबिचमा हिँडिरहेका छन् चौपायाहरू।
कोरोना कहरमा मान्छे घरभित्र सीमीत भएकाे बेलामा यस्तो छ सुनसान पोखराका सडकमा चरा, चौपायाको गतिविधि।










अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…