
नेपालको सबै भन्दा ठुलो ताल l रारा ताल l मुगु जिल्लामा रहेको यो तालको सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विस २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेका थिए।
रारा तालको कुल क्षेत्रफल १०.८ वर्ग किलोमिटर छ। सुन्दर हुँदा हुँदै पनि टाढा भएकोले सोचेजति पर्यटकहरू तान्न सकेको छैनl हवाईजहाजबाट ताल्चा विमानस्थल हुँदै वा मोटर बाटोबाट रारा तालको मुख्य प्रवेश द्वार सल्लेरी पुगे पश्चात हिँडेर करिब ३० मिनेटमा रारा पुग्न सकिन्छl कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड हेर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन।
यो तालको पुरा आकृति हेर्नकालागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो। घामको किरण, दिनभरको मौसम, विभिन्न सिजनहरूमा यो ताल फरक फरक देखिन्छ तर राम्रो पनि l यो ताल हेरेर फर्कनेहरूले भन्ने गर्छन् ‘यो त स्वर्गको टुक्रा नै हो’l
जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूलहरूले स्वर्गकी अप्सरा झैँ देखिन्छ l रारा तालको शोभा रारा राष्ट्रिय निकुञ्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ।
लकडाउनपछि घुम्न जाने होइन त ? अहिलेलाई भने फोटोमा हेरौं यसको सुन्दरता l








(सरोज खड्का रारा राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्छ l उहाँ वन्यजन्तुको संरक्षण र फोटोग्राफीमा रुची राख्नुहुन्छ)




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…