
हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए ।
बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा पर्न सक्ने उनले सुनाए । केटु आरोहणको अनुभव सुनाउँदै आरोही निर्मलले सफलता टुक्रिएर होइन एकतामै मिल्ने पनि बताए । देशको राजनीतिक अस्थिरताले चिन्तित बनाएको हिमाल आरोही पुर्जाले बताए ।
हाम्रो देशमा पोलिटिकल स्ट्याबिलिटी छैन । दाजुभाइ लड्छौँ । केटु हिमाल आरोहण एकताबाट सम्भव भएको सुनाए । हामी आरोही बिच सबैले बराबर दुःख गरेका छौँ । सबैले बराबरी झोला बोकेका छौँ । सबैका जहान परिवार छन् । कुनै एक जना अघि गएर रेकर्ड राख्न भन्दा पनि सबै सँगै गएर देशकालागी रेकर्ड राख्नु पर्छ भन्ने सल्लाह भयो । त्यसै अनुसार हामी अँगालो हालेर एकै पटक सबै शिखरमा पुगेको उनले सुनाए ।
पुर्जाको नाममा ६ महिना ६ दिन अर्थात् १८९ दिनमा ८ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। पुर्जाले अक्टोबर २९ मा चीनको शीशापाङ्गमा हिमाल आरोहण गरेसँगै ‘प्रोजेक्ट पोसिबल’ पूरा गरेका हुन् । यो रेकड कायम गर्न पहिला ८ वर्ष लागेको थियो । विश्वमा १४ वटा ८ हजार भन्दा उच्च हिमाल छन् । ती मध्ये नेपालमा ८ वटा छन् । यसैले नेपाललाई हिमालको घर भनिने सफल हिमाल आरोही पुर्जाले बताए । १४ वटा हिमालमा १३ वटा हिमाल पहिलो पटक चढेको रेकर्ड विदेशीका नाममा छ । हाम्रो नाममा केही थिएन । एउटा बाँकी रहेको भनेको हिउँदमा केटु चढेर नेपालको नाम राख्नु थियो । यसैले हामी दसैँ जना टीमवर्कमा लाग्यो । सफल भयौ उनले भने ।
केटु हिमाल आरोहण सजिलो थिएन । माइनस १६ डिग्री सेल्सियस भनेको निकै कठिन हुन्छ । एक पाइला चढ्दा समस्या हुन्छ । सबै सुख छाडेर भारी बोकेर किन गएको हो भन्ने पनि होला । देशको नाममा, नेपालीको नाममा केही गर्ने हुटहुटीले यो सफलता मिलेको उनले बताए । केटु हिमाल आरोहणका क्रममा गर्मी महिनामा मात्र प्रत्येक ४ जना मध्ये एक जनाको मृत्यु भएको तथ्याङ्क छ । यही हिउँदमा पनि दुई जनाको केटु हिमाल आरोहणका क्रममा मृत्यु भइसकेको उनले सुनाए ।
कार्यक्रममा निर्मलले यस अघि पेन्सन पाक्ने मुखका बेलायती सेनाको जागिर छाडेर १४ वटा हिमाल आरोहण गर्न तयारी गरिरहँदा भोगेका तिता मिठा भोगाई पनि अभिनन्दन कार्यक्रममा बताए । केटु हिमाल यो वर्ष नै किन भन्ने विषयमा पनि उनले बोलेका थिए ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…