
हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए ।
बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा पर्न सक्ने उनले सुनाए । केटु आरोहणको अनुभव सुनाउँदै आरोही निर्मलले सफलता टुक्रिएर होइन एकतामै मिल्ने पनि बताए । देशको राजनीतिक अस्थिरताले चिन्तित बनाएको हिमाल आरोही पुर्जाले बताए ।
हाम्रो देशमा पोलिटिकल स्ट्याबिलिटी छैन । दाजुभाइ लड्छौँ । केटु हिमाल आरोहण एकताबाट सम्भव भएको सुनाए । हामी आरोही बिच सबैले बराबर दुःख गरेका छौँ । सबैले बराबरी झोला बोकेका छौँ । सबैका जहान परिवार छन् । कुनै एक जना अघि गएर रेकर्ड राख्न भन्दा पनि सबै सँगै गएर देशकालागी रेकर्ड राख्नु पर्छ भन्ने सल्लाह भयो । त्यसै अनुसार हामी अँगालो हालेर एकै पटक सबै शिखरमा पुगेको उनले सुनाए ।
पुर्जाको नाममा ६ महिना ६ दिन अर्थात् १८९ दिनमा ८ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। पुर्जाले अक्टोबर २९ मा चीनको शीशापाङ्गमा हिमाल आरोहण गरेसँगै ‘प्रोजेक्ट पोसिबल’ पूरा गरेका हुन् । यो रेकड कायम गर्न पहिला ८ वर्ष लागेको थियो । विश्वमा १४ वटा ८ हजार भन्दा उच्च हिमाल छन् । ती मध्ये नेपालमा ८ वटा छन् । यसैले नेपाललाई हिमालको घर भनिने सफल हिमाल आरोही पुर्जाले बताए । १४ वटा हिमालमा १३ वटा हिमाल पहिलो पटक चढेको रेकर्ड विदेशीका नाममा छ । हाम्रो नाममा केही थिएन । एउटा बाँकी रहेको भनेको हिउँदमा केटु चढेर नेपालको नाम राख्नु थियो । यसैले हामी दसैँ जना टीमवर्कमा लाग्यो । सफल भयौ उनले भने ।
केटु हिमाल आरोहण सजिलो थिएन । माइनस १६ डिग्री सेल्सियस भनेको निकै कठिन हुन्छ । एक पाइला चढ्दा समस्या हुन्छ । सबै सुख छाडेर भारी बोकेर किन गएको हो भन्ने पनि होला । देशको नाममा, नेपालीको नाममा केही गर्ने हुटहुटीले यो सफलता मिलेको उनले बताए । केटु हिमाल आरोहणका क्रममा गर्मी महिनामा मात्र प्रत्येक ४ जना मध्ये एक जनाको मृत्यु भएको तथ्याङ्क छ । यही हिउँदमा पनि दुई जनाको केटु हिमाल आरोहणका क्रममा मृत्यु भइसकेको उनले सुनाए ।
कार्यक्रममा निर्मलले यस अघि पेन्सन पाक्ने मुखका बेलायती सेनाको जागिर छाडेर १४ वटा हिमाल आरोहण गर्न तयारी गरिरहँदा भोगेका तिता मिठा भोगाई पनि अभिनन्दन कार्यक्रममा बताए । केटु हिमाल यो वर्ष नै किन भन्ने विषयमा पनि उनले बोलेका थिए ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…