
विश्वभर आज पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै विश्व वातावरण दिवस मनाइएकाे छ । नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापना भन्ने नाराका साथ याे वर्ष वातावरण दिवस मनाइएकाे छ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएकाे हाे । पृथ्वी र प्रकृति सबैको साझा हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु हामी सबैकाे जिम्मेवारी हो । आज स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन हो ।
यसै अवसरमा डिभिजन वन कार्यालय कास्की, मुस्ताङले वृक्षाराेपणगरी विश्व वातावरण दिवस मनाएका छन् । यसै गरी देशभर विभिन्न कार्यक्रम आज विश्व वातावरण दिवस मनाइएकाे छ । कास्कीमा पाेखरा २६ काे अमरज्याेती सामुदायिक वनमा अमला, सितलचिनीका ५० विरुवा रेपिएकाे डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए । त्यस क्षेत्रकाे २ हेक्टर क्षेत्रमा जडीवुटीका ३२ सय विरुवा राेप्ने कार्यक्रम रहेकाे पनि बरालले बताएका छन् । वृक्षाराेपण कार्यक्रममा पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा महेश्वर ढकाल लगायतकाे सहभागीता रहेकाे थियाे ।
तस्बिरमा कास्की र मुस्ताङ जिल्लामा भएका वृक्षाराेपण कार्यक्रम ।





हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…