विश्व वातावरण दिवसमा वृक्षाराेपण


     नेचर न्युज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


विश्वभर आज पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै विश्व वातावरण दिवस मनाइएकाे छ । नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापना भन्ने नाराका साथ याे वर्ष वातावरण दिवस मनाइएकाे छ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएकाे हाे । पृथ्वी र प्रकृति सबैको साझा हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु हामी सबैकाे जिम्मेवारी हो । आज स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन हो ।

यसै अवसरमा डिभिजन वन कार्यालय कास्की, मुस्ताङले वृक्षाराेपणगरी विश्व वातावरण दिवस मनाएका छन् । यसै गरी देशभर विभिन्न कार्यक्रम आज विश्व वातावरण दिवस मनाइएकाे छ । कास्कीमा पाेखरा २६ काे अमरज्याेती सामुदायिक वनमा अमला, सितलचिनीका ५० विरुवा रेपिएकाे डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए । त्यस क्षेत्रकाे २ हेक्टर क्षेत्रमा जडीवुटीका ३२ सय विरुवा राेप्ने कार्यक्रम रहेकाे पनि बरालले बताएका छन् । वृक्षाराेपण कार्यक्रममा पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा महेश्वर ढकाल लगायतकाे सहभागीता रहेकाे थियाे ।

तस्बिरमा कास्की र मुस्ताङ जिल्लामा भएका वृक्षाराेपण कार्यक्रम ।

वृक्षाराेपणमा सहभागी गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा महेश्वर ढकाल र डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल ।

मुस्ताङमा वृक्षाराेपक्षपछि पानी राख्दै ।