
भारतको चेन्नईस्थित चिडियाखानामा राखिएकाे एउटा ९ वर्षको सिंहको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। चिडियाखानामा राखिएको निला नाम गरेकी सिंहको बिहीबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
सिंहको मृत्यु हुनु अघि नाकबाट तरल पदार्थ आएपछि उपचार थालिएको भए पनि सिंहलाई बचाउन नसकिएको बताइएको छ। चिडियाखानामा रहेका अरू ९ वटा सिंहको कोरोना टेस्ट रिपोट पनि पोजेटिभ आएको छ। एकै स्थानमा राखिएका ११ सिंहको कोरोना परीक्षण गरिएको थियो।
कोरोना सङ्क्रमणको थपयकिन गर्न थप अनुसन्धानकालागि हैदरावादस्थिन भारतीय पशु स्वास्थ्य अनुसन्धान संस्थान तथा केन्द्रमा नमुना पठाइएको चिडियाखानाका अधिकारीहरुले बताएका छन्।
कोरोना सङ्क्रमण देखिएसँगै जनावरको भेटेरिनरी चिकित्सक, कर्मचारी र चिडियाखाना कर्मचारी सबैलाई पिपिई अनिवार्य गरेर कोरोना सङ्क्रमण भएका सिंहलाई विशेष निगरानीसहित छुट्टै राखेर उपचार भइरहेको छ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …