
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराले बुधबार पर्यटन मजदुरलाई खाद्यान्न बितरण गरेको छ । कोरोना सङ्क्रमणका कारण पर्यटन उद्दाेग ठप्प हुँदा बेरोजगार बनेका पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत पर्यटन गाइड र सहयोगीहरूलाई राहतमा चामल, दाल, चना, केराउ, नुन, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
टान पोखराको आयोजनामा भएको राहत सामाग्री बितरणकालागि कर्मा प्लाईट्स फाउन्डेसन नेपालको साझेदारी र नेपाल पर्यटन बोर्डको सहयोग रहेको टान पोखराका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । कोरोना सङ्क्रमण नियन्त्रण गर्न पहिलो लकडाउन देखि नै बेरोजगार बनेका मजदुर दोस्रो लकडाउनपछि थप समस्यामा परेका थिए । यसैले देशका विभिन्न सहर र गाउँबाट रोजगारीकालागि पोखरा आएर पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत १३० जना पर्यटन मजदुरलाई राहत सामाग्री बितरण गरिएकाे टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष शुसीलराज पौडेलले बताए ।
पर्यटन क्षेत्रका दक्ष मजदुर पलायन हुनबाट रोक्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकार निकायले आवश्यक सहयोग गर्नु पर्ने पौडेलले बताएका छन् । राहत बितरण कार्यक्रममा पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…