
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्थापनासँगै यो क्षेत्रमा सन् १९९२ देखि पर्यटकहरू आउन थाले। बाटोको सहजतासँगै गत वर्षको लकडाउन अघिसम्म नेपाली पर्यटकहरूको पनि उत्तिकै घुइँचो हुने गर्थ्यो। पहिला ७ वटा गाविस रहेको यो क्षेत्र अहिले ३ वटा गाउँपालिकामा फैलिएको छ। लोमान्थाङ, लो–घेकर दामोदर कुण्ड र वाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका।
हिमाली संस्कृतिमा धनी यो क्षेत्रमा पुराना गुम्बाहरू, छोरतेन, हावाले हानेर वनेको भू-वनोट पर्यटकीय स्थलहरू हुन्। पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ हेर्न लायक गन्तव्यमध्ये पर्दछ। दामोदर कुण्ड धार्मिक स्थल पनि यस क्षेत्रमा पर्दछ। उपल्लो क्षेत्रमा पाइने हिउँ चितुवा, हिमाली रातो भालु, जंगली गधालगायतका वन्यजन्तुहरू पनि सहजै देख्न सकिन्छ। नेपाल चीन जोड्ने कोरला नाका यसै क्षेत्रमा पर्दछ।यो क्षेत्रमा गणतन्त्र आउनु अघिसम्म स्थानीय राजाको नियम कानुन पनि चल्थ्यो।
काठमाडौदेखि बस पनि नियमित छन्। पोखरादेखि बस, जिप र हवाई जहाजमा जोमसोम र त्यसपछि जिप वा हिँडेर उपल्लो मुस्ताङ जान सकिन्छ। अहिलेलाई उपल्लो मुस्ताङ फोटोमा हेरौं l






(ऋषि बराल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख हुन्l उनी वन्यजन्तुको अध्ययन, अनुसन्धान र उद्धारमा रुचि राख्छन्)






प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…