
जेठ ३० झापा l मेचीनगर नगरपालिकाबाट कालो सालक (Chinese Pangolin) को उद्धार गरिएको छ। बिहानको समयमा बाटो नजिकै सो सालक फेला परेको थियो। स्थानीय संरक्षणकर्मीहरू शंकर लुइँटेल तथा स्वदेश पौडेलले उक्त सालक देखेपछि उद्धारको लागी पहल सुरु गरेका थिए ।
सालकको लजालु स्वभाव र सुरक्षालाई मध्यनजर गर्दै मानिसको भिडबाट टाढा लैजाने क्रममा सालकलाई सुरक्षा निकाय सामु पुर्याइयो। त्यसपछि डिभिजन वन कार्यालयमा यस विषयमा जानकारी गराइएको थियो।
वन कार्यालयबाट सालकलाई प्राकृतिक वासस्थानमा छोड्नु उपयुक्त हुने कुराको निर्णय भयो। वन कार्यालयबाट खटिएका कर्मचारी, सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको उपस्थितिमा सालकलाई आजै सालक भेटिएको ठाउँ नजिकको जङ्गलमा छाडिएको छ। यो प्रजाती विश्वमै दुर्लभ (Critically Endangered) मानिन्छl
(सन्दिप लुइँटेल हाल वन विज्ञानमा स्नातक तहमा अध्ययन गरिरहेका छन्l उनी सरीसृप तथा स्तनधारी वन्यजन्तुको अध्ययन र संरक्षणमा रुचि राख्छन्)




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…