
जब विभिन्न भौगोलिक संरचनाको
उत्पत्ति भयो ,
त्यसमा म पनि छानिएँ
वरिपरिका सबै पानी जम्मा गरेर
अलि ठूलो खोलामा पुर्याउने
जलचर र उभयचरलाई बास दिने
अनि ,
थलचरलाइ बेला बेलामा विहार
र आहारको व्यवस्था गर्ने
जमिन रसाउने
अनि रुखलाई पानी दिने
मेरो काम कर्तव्य र अधिकार तोकियो
मैले, सहर्ष स्वीकार गरेँ ।
बदलामा मागे
त्यो पहाडले वन हुर्काउनु पर्छ
मलाई पानी बिस्तारै दिनु पर्छ ।
पछि,
मान्छे तिमी आयौ
सुरुमा खान पानी माग्यौ
हुन्छ भनेँ ,
अनि , सिँचाइको लागि पानी माग्यौ
त्यो पनि हुन्छ भनेँ ।
त्यसपछि
सोध्दै नसोधी
गिटी बालुवा झिकेर कुरूप बनायौ
त्यो सहेँ
मुलमा वन मास्यौ
मेरो आकार सानो बनायौ
अलि दच्किएँ
अझ ,
पहाडमा डोजर लगाएर
मेरो मूल तहसनहस पार्यौ
म हच्किएँ
सायद,
आकार सानो भएकोले
हेपेको होला
मलाई बाँध बाँधेर
मेरो जमिन हडप्यौ
त्यसपछि म बिच्किएँ
अनि मान्छे
तिमी जस्तै हामीमा पनि
विद्रोह जाग्यो ।
पहाडले भन्यो – हे खोला
तिमी त हिँड्न सक्छौ
हामी हिँड्न सक्दैनौँ
सके नि छिया छिया पारेर
सख्त घाइते बनाए
अन्तिम विद्रोह गरौँ
मैले सहमति जनाएँ
जब वर्षा लाग्यो
पहाडले विद्रोह गरेर खस्न थाल्यो
बोट बिरुवाहरूले ज्यानको वाजी लगाएर साथ दिए
अनि
म पनि
मेरो जग्गा खोज्दै
उनीहरूलाई साथै लिएर
तिमीले बनाएको बस्तीमा
तिमीले खनाएको सडकमा
तिमीले रोपेको खेतमा
आएको छु मान्छे ।
तिमी तिम्रो अरूले अलिकति मिच्दा
हानाहान गर्छौ
मारामार गर्छौ
तिम्रा लागि
अड्डा अदालत छन्
तर मेरो सुनिदिने को छ ?
ती जलचर र उभयचरको लागि
ती तिमी बाहेकका थलचरको लागि
अनि त्यो
ठिङ्ग उभिएको पहाड र त्यसमा आश्रित वनको लागि
म मेरो जग्गा अनि न्याय माग्न
तिमीले बनाएको बस्तीमा
तिमीले खनाएको सडकमा
तिमीले रोपेको खेतमा
आएको छु मान्छे
मलाई न्याय देऊ मान्छे
मलाइ न्याय देऊ ।
(डा. राजेश राई , त्रिभुवन विश्वबिद्यालय, बन बिज्ञान अध्ययन संस्थानका प्राध्यापक हुनुहुन्छ । बन बिज्ञानमा स्नाकोत्तर र बाताबरणिय अर्थशास्त्रमा बिद्याबारिधी गर्नु भएका राइ बिकास र बातावरणको सन्तुलनको बारेमा रुची राख्नु हुन्छ र हरित अर्थतन्त्रका पक्षपाती हुनुहुन्छ)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…