
२० लाखदेखि ३ करोडसम्म रहेका किराहरु सबैभन्दा बढी पाइने जिवहरुमा पर्दछl यिनको पनि संरक्षण गर्नुपर्छ भन्यो भने मानिसहरु अचम्भित हुन्छन् l किनभने मानिसहरु किरा-फट्याङ्ग्रा मार्नुलाई सामान्य मान्छन्l तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ।
हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।‘हामीले संसारबाट किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,’ लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीलाई बताएकि छिन्l
किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण सड्ने प्रक्रियाले गति पाउँछ। यसले माटोलाई पुनःपूर्ति गर्न मद्दत गर्छ।
‘यदि किरा-फट्याङ्ग्रा नहुने हो भने त्यो एकदमै अप्रिय हुन्छ। किराहरू बिना हामी फोहोर वस्तुमा पौडिरहेका हुन्थ्यौँ वा मरेका जनावर जताततै भएको ठाउँमा हुन्थ्यौँ,’ मक्यालिस्टरले भनिन्। उनले थपिन ‘उनीहरू चरा, चमेरा र साना स्तनधारीका आहारा पनि हुन्’l
किराहरूले परागसेचन मार्फत दिने सित्तैको सेवाले मानव जातिलाई ३५० अर्ब डलर बराबरको फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ।
जैविक रुपमा खेर गएका वस्तुलाई सडाउन मद्दत गरेर किराले पृथ्वीलाई सफा राख्न सघाउ पुर्याउँछl ‘जनावर, चरा वा माछाको करिब ६० प्रतिशत खाना किराहरूमै निर्भर हुन्छन्। त्यसैले किराहरू नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउँछन्,’l
युनिभर्सिटी अफ सिड्नीका फ्रान्सिस्को सान्चेथ बायोले भन्छन्। ‘पोषक तत्वको पुनरावृत्ति हुने काम धेरै हदसम्म जमिनमुनि रहेका लाखौँ किराको गतिविधिमा भर पर्छ’l उनले थपिन “खेत वरपर रुखहरू रोपेर वा किरालाई झाडी उपलब्ध गराएर, खतरनाक विषादीहरूलाई बजारबाट हटाएर र जलवायु परिवर्तनमा असर पुर्याउने कार्बन उत्सर्जन घटाउने नीतिहरू अपनाएर कीरा संरक्षण गर्न सकिन्छ’l





हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…