
हुम्लाका युवा अनुसन्धानकर्मी रिन्जिन फोन्जोक लामाले विश्वमै चर्चित परियोजना पुरस्कार पाएका छन्l उनले पाएको यो पुरस्कारको रकम २ लाख स्विस फ्रेंक रहेको छl उपल्लो हुम्लाको जैविक विविधता संरक्षणको लागि सो रकम खर्च गरिने छl
उनले सो परियोजनाकोको परिकल्पना गतबर्षको लकडाउनमा गरेका थिएl उनी भन्छन्’ यो पुरस्कारले म एकदमै खुसी भएको छुl स्थानीय नेतृत्व अभिवृद्धि, संस्कृति र वन्यजन्तु संरक्षणमा सो रकमको प्रयोग हुनेछ’l
हाल उनी थर्ड पोल कन्जरभेन्सी र माउन्टेन स्प्रिट नाम संस्थासँग आबद्ध छन् l उपल्लो हुम्लाको नाम्खा , निन्बा र चो खोला क्षेत्रमा करिब १८ महिना सञ्चालन हुने सो परियोजनाबाट स्थानीय समुदाय लाभान्वित हुनेछन्l
‘रोलेक्स अवार्ड फर इन्टरप्राइजेज’ सन् १९८१ मा हिउँ चितुवाको घाटीमा पहिलो पटक रेडियो कलर लगाउनको लागि रोड्नी ज्याक्सनले पाएका थिए l उनको कार्यक्षेत्र मुगु जिल्ला थियो तर नेपालीले पाएको भने यो पहिलो पटक हो l
सन् २०१५ मा जर्मनबाट प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका लामा विगत ७ वर्ष देखि उच्च हिमाली भूभागमा अनुसन्धान र संरक्षणमा सक्रिय रूपमा सहभागी छन् l उनले गत वर्ष ‘डब्ल्यु डब्ल्यु एफ नेपाल’ बाट संरक्षण पुरुस्कार समेत पाएका थिए l




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…