
नेपालका सबैभन्दा दुर्गम जिल्लाहरूमा पर्दछ, हुम्ला l तर दुर्गम भएकै कारणले हुनसक्छ यसको प्राकृतिक सुन्दरता अझै पनि कायमै छ। उपल्लो हुम्लाको लिमी उपत्यकाको कुरा गर्ने हो भने त कुरा गरी साध्यै छैन। अत्यन्त सुन्दर छ l उपल्लो मुस्ताङजस्तै हिमालभन्दा पारिपट्टी पर्दछ। कोही मान्छेहरू त्यहाँ पुगेर हिमाल दक्षिणतिर देख्दा आफ्नो आँखा मोड्न बाध्य हुन्छन त कोही यहाँका रुख नभएका उजाड डाँडाहरू देख्दा अचम्म मान्छन्। लिमी पुग्न यतिखेर नेपालगन्ज वा सुर्खेतबाट ४५ मिनेटको हवाई यात्रा गर्नु पर्छ l आजभोलि सदरमुकाम सिमिकोटदेखि करिब ८० हजार तिरेपछि १२ घण्टामा स्थानीय जिपमा लिमी पुगिन्छ l पहिला हिँडेर ६ दिन जति लाग्थ्योl
नेपाली सेनाबाट हुम्ला जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कार्य भैरहेको छl यसपछि स्थल मार्गबाट गाडीमा जान धेरै सजिलो हुन्छ। साथै बाइकरहरूलाई पनि यसले ठूलै खुसी दिन सक्छ । यो क्षेत्रका मानिस, रहनसहन, पहाडहरू, संस्कृति, प्रकृति सबै हेर्न लायक छन्l अहिलेलाई भने फोटोमा हेरौँ, उपल्लो हुम्लाको लिमी उपत्यकाl







(यादव घिमिरे वातावरण व्यवस्थापनमा स्नातकोत्तर हुन् l वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुची राख्ने उनी जङ्गली बिरालोहरूमा बिसेष दक्खल राख्छन्।)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…