
कालीगण्डकी डाइभर्सनले प्रदेशकाे सभ्यता, नदीवरपरका जैविक विविधता विनाश र संकट निम्त्याउने भन्दै डाइभर्सन परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ ।
‘कालीगण्डकी बचाऔं अभियान’को तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । कालीगण्डकी प्रदेशको सभ्यता संग जाेडिएकाे महत्वपूर्ण सम्पदा हाे । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हुनुकाे साथै यहाँका जैविक विविधतामाथी पनि खेलबाड हाे ।
परियाेजना अघि बढाउने गरी कार्यालय स्थापना भएसंगै अभियन्ताहरूले परियाेजना सधैका लागि राेक्न अनुराेध गर्नुकाे साथै नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य पनि तत्काल रोक्न तीनै तहका सरकारसँग माग गरेका हुन् । कालीगण्डकी बचाऔं अभियानमा पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ताहरू लाग्दै आन्दोलन गरिरहेका छन् ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…