
पर्यटनको राजधानी पोखरामा कोरोना सङ्क्रमणकै बिच नयाँ दुई पर्यटकीय गन्तव्य तयार भएका छन् । पोखराको पुम्दीकोटमा ५१ फिट उचाइको विशाल महादेवको मूर्ति जडान भइसकेको छ ।
यसै गरी पोखराको फेवाताल किनार सदीबेगरबाट ताल, हिमाल र पोखरा बजारको अवलोकन गर्दै सराङकोट जाने केवल कार पनि तयार भइसकेको छ ।
महादेवको मूर्ति जडान भए पनि रंगरोगन र बाँकी संरचना तयार हुँदै गर्दा आन्तरिक पर्यटकको घुइँचो लाग्न सुरु भइसकेको छ । महादेवको मूर्ति रहेको पुम्दीकोट परिसरबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे सहित विभिन्न हिमाली दृश्य, फेवाताल र पोखरा बजार देख्न सकिन्छ ।
केवल कार करिब २ अर्ब लगानीमा निर्माण सम्पन्न भएको अन्नपूर्ण केवल कार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिएका छन् । दसैँ र तिहारको बिचमा केबलकार सञ्चालन गर्ने गरी तयारी अवस्थामा रहेको त्रिपाठीले बताए ।
विशाल शिव मूर्ति ४० करोडमा निर्माण हुन लागेको हो । निर्माणको काम ५० प्रतिशत सकिएको निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिएका छन् ।
धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पुम्दीकोट विश्व पर्यटन बजारमा नयाँ प्रडक्टको रूपमा विकास हुने विश्वास गरिएको छ । अन्नपूर्ण माछापुच्छ्रेको काखमा ध्यानमा शिव भगवान् बसे जस्तै गरी मूर्ति जडान गरिएको छ । यसैको कारण पनि नेपालीको साथै भारतीय धार्मिक पर्यटकमाझ निकै आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।





प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…