
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् ।देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…