चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको छ ।
नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैंडा भेटिएका हुन् । ती गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले जानकारी दिए । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए ।
गत आर्थिक वर्षमा प्राकृतिक कारण तथा चोरीशिकारीबाट निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।
रासस



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …