पर्यटन व्यवसायी र मजदुरलाई खोपकाे साथै एक करोडको राहत प्याकेज


     नेचर न्युज    
     श्रावण १० गते २०७८ मा प्रकाशित


 गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण  गर्दै  पर्यटन व्यवसायी र मजदुरलाई खोप र एक करोडको राहत प्याकेज घोषणा गरेका छन् । 

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल बिस्तार भएपछि शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सपथ लिएका थिए । 

पदभार ग्रहणसँगै मन्त्री शर्माले  यो निर्णय गरेका हुन् । कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका हुन् । कोरोना संकटका कारण दुई वर्ष देखि बन्द रहँदा थला परेको पर्यटन व्यवसायलाई उठाउन  एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय पनि मन्त्री शर्माले गरेका हुन् ।