
पोखराका ५० किसानलाई भैँसी खरिदमा अनुदान वितरण गरिएकाे छ । २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैँसी खरिदमा अनुदान वितरण गरिएको हाे।
अनुदान वितरण कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताए । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैँसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनु पर्नेमा जाेड दिए । कृषिमा देश आत्मनिर्भर बनाउन कृषि विशिष्टीकृत हुन आवश्यक भएकोले त्यसै अनुसार वैज्ञानिक कृषि कर्ममा जानु पर्न बरालले बताए।
किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम सहित कृषक परिचय पत्र समेत वितरण गरिरहेकाे पाेखरा महानगरपालिकाका उपमेयर मञ्जु देवी गुरुङले बताइन्।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…