
माछापुच्छ्रे हिमाल यति बेला कालापथ्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे साता सम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन् । हाेचाे हिमाल माछापुच्छ्रे यति बेला अरु हिमाल भन्दा कालाे चट्टान जस्तै देखिएकाे हाे । ग्लोबल वार्मिंङकाे कारण ( विश्वमा तापक्रम बड्दै जाँदा) हिमालमा हिउँ पग्लदै गएकाे बिभिन्न अध्यन अनुसन्धानका रिपाेटहरु सार्वजनिक हुँदै अाएका छन् ।
पाेखराबाट कालाे चट्टान जस्तै देखिएकाे माछापुच्छ्रे हिमाल नजिकै भएर उडान भर्दै गरेकाे सेताे गिद्ध । तस्बिर : कृष्णमणि बराल
पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ । यसकाे कारण मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ। माछापुच्छ्रे हिमाल पाेखराबाट सबैभन्दा नजिककाे हिमाल मात्र हाेइन अरु हिमाल भन्दा हाेचाे हिमाल पनि हाे । यस हिमालकाे उचाइ ६,९९३ मिटर मात्र रहेकाे छ । निकै भिरालाे चट्टानले बनेकाे अाकर्षक माछाकाे पुच्छर जस्तै देखिने यस हिमालकाे सुन्दरताकाे बणन धेरै साहित्य सृजनामा गरिएकाे छ ।
उता मरेका जनावरकाे सिनाे खाएर वातावरण सफा गर्ने गिद्धहरु पनि संकटमा पर्दै गएका छन् । नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् । त्याे मध्य सेताे गिद्ध एक प्रजाति हाे । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । पृथ्वीकाे तापक्रम बढेर हिमालका हिउँ पग्लिए जस्तै सुद्ध अाहारा र बासस्ठान विनासका कारण गिद्ध पनि संकटमा छन् । सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँ छ गिद्धले ।
पृथ्वीकाे तापक्रम बढ्दै जानुले पृथ्वीमा रहेका सबै जीव संकटमा पर्दैछन् । मानवका व्यवहारका कारण पृथ्वी छिटाे तात्दै गएकाे छ । यसरी मानव जिवनकालागि निकै उपयाेगी जीवहरु हराउँदै जानु काेराेना भन्दा जटील किसीमका समस्या अाउने बैज्ञानिक बताउँछन् । तै पनि शक्ति राष्टहरु यस बिषयमा नजरअन्दाज गरिरहेका छन् । पृथ्वी विनास हुन सक्ने बम, अणुबम बनाउने हाेडमै छन् । पृथ्वी र प्रकृति संरक्षणमा ढिलाइ भइरहेकाे छ ।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…