
होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको आधारमा अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराले माग गरेको छ ।
संघका अध्यक्ष विकल तुलाचनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीले सबै भन्दा बढी प्रभावित र मर्माहत पर्यटन व्यवसाय भएको र यसलाई शिघ्र पुनरउत्थान गर्न सर्वप्रथम खोप नै प्रमुख आधार रहेको बताएका हुन् ।
राज्यको हरेक नागरिकलाई खोप सुनिश्चिता हुनु पर्दछ भन्ने मान्यता रहेको पनि संघले जनाएको छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरु अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने भएकोले खोप विना व्यवसाय संचालन गर्न नसकिने बताएकाे छ । हाल होटलमा आगमन हुने पर्यटकहरुलाई खोप ग्रहण नभएता पनि कोरोना रहित भएको सुनिश्चितता दिलाउन पर्ने टड्कारो विषय रहेको भनाई पनि संघको छ । यसै गरी होटल तथा पर्यटन क्षेत्र कोरोनाको उच्च जोखिम क्षेत्र भएको स्मरण गराउँदै विज्ञप्तिमा कार्यरत कर्मचारी र संचालकहरुलाई सुरक्षित तुल्याउन महिनौं देखि कोभिड विरुद्धको खोपको माग गर्दै आइरहेको अध्यक्ष तुलाचनले बताए ।
स्थानीय निकाय, प्रदेश सरकार, स्थानिय प्रशासन, संघीय स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष पनि संस्थागत तथा केन्द्रिय प्रतिनिधिले बारम्बार खोपको ताकेता गर्दै आइरहेको स्थितिमा हाल सम्म पर्यटन क्षेत्रलाई आश्वासन बाहेक खोपको कुनै सुनिश्चितता नभएकोले यस उद्योग प्रति राज्यको दृष्टीकोण उदाङ्गो भएको संघले जनाएकाे छ । हाल खोप प्राप्त गर्ने एउटै राष्ट्रिय मापदण्डले कुनै जिल्ला, क्षेत्र र प्रदेशको पर्यटन तथा उद्योगी व्यवसायीले प्राप्त गर्न मिल्ने तर यहाँको जिल्ला तथा प्रदेशको नमिल्ने कस्तो कार्यविधि हो आश्चर्य लाग्दो विषय हो ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणले गत २०७६ चैत्र ०९ गते देखी हाल सम्म पर्यटन क्षेत्र बन्दाबन्दीको अवस्थामा गुज्रिरहेको छ । दोस्रो भोरियन्ट संक्रमणलाई रोकथाम गर्न गत बैशाख १५ गते बाट पुनः निषेधाज्ञा लागू भई व्यवसाय बन्दाबन्दी भई यही श्रावण ७ गते बाट ५० प्रतिशत अकुपेन्सी रहने गरी पुनः व्यवसाय संचालन गर्न अनुमति प्रदान गरेता पनि कोरोनाको उच्च जोखिमले अधिकांश होटल प्रतिष्ठानहरु पुनः संचालन गर्ने स्थितिमा नरहेको संघले जनाएको छ ।
यस असहज परिस्थितिमा सरकारलाई क्वारेन्टाइन र आइसोलेसन लगायत अन्य विभिन्न कार्यमा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै संघले अतिथी सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल संचालक तथा कार्यरत कर्मचारीहरु हाल सम्म संयमता पुर्वक कोभिड विरुद्धको खोपको प्रतिक्षामा रही रहेको हुँदा अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्न हार्दिक अपिल गर्दछौं, संघले भनेको छ ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…