कोरोना सङ्क्रमणबाट गण्डकीमा २१ दिनमा १०३ जनाको मृत्यु


     नेचर न्युज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित


कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो हुँदै गएपछि गण्डकी प्रदेशमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । गण्डकी प्रदेशमा साउन महिना २१ गते सम्म मात्र १०३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ । 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार दिउँसो प्रकाशित गत २४ घण्टाको कोभिड १९ सम्बन्धी गण्डकी प्रदेशको अद्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । २४ घण्टामा १२ सय ६२ जनामा गरिएको कोरोना परीक्षणमा गण्डकी प्रदेशमा ६ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा ५ हजार ५ सय ३३ जना होमआइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा अहिले सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार १ सय १८ जना रहेको छ ।