
मानवबाट मारिएका हात्ती र हात्तीबाट मारिएका मानवका स्मृतिमा आज यहाँ विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । विश्व हात्ती दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको मेची नदी किनारमा शिरिष, जडुललगायतका फूल फुल्ने प्रजातिको बिरुवा रोपण गरिएको हो ।
कार्यक्रममा विभिन्न सङ्घसंस्था, होटल व्यवसायी र स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकै सबैभन्दा बढी हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको स्थान नै बाहुनडाँगी रहेको हुँदा उनीहरुको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हात्ती संरक्षक शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा सो स्थानमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक दर्जन हात्तीसमेत मारिएको छ । कार्यक्रममा हात्तीको महत्व, यसको जैविक विविधतामा भूमिका, आक्रमणबाट बच्ने उपाय र संरक्षणमा स्थानीयवासीको दायित्व विषयमा समेत जानकारी गराइएको थियो । रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…