
यात्रुको चाप बढेपछि पोखराको सृजनाचोकमा निर्माण भएकाे आकासे पुल हालै सम्पन्न भएको छ । सडक दुर्घटना कम गराउन निर्माण गरिएको पोखराकै पहिलो आकासे पुल यति बेला युवा माझ आकर्षक गन्तब्य बनेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै पैदलयात्रु आकासे पुलबाट आउजाउ गर्न थालेका छन् । युवायुवती आकासे पुलमा गएर सेल्फी खिच्ने, टिकटक बनाउनेको पनि उस्तै आकर्षण बढेको छ । विशेष गरी साँझपख युवायुवतिको आकासे पुलमा भिड देखिन थालेको हो । आकासे पुल निर्माण भएपछि अस्पताल र व्यस्त बजार समेत रहेको सृजना चोकमा दुर्घटना कम हुने छ ।
स्व रवीन्द्र अधिकारीको पहलमा पोखरामा पहिलो पटक आकासे पुल निर्माणको परिकल्पना गरिएको थियो । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत अधिकारीले सुरुमा ५० लाख रुपौयाँ विनियोजन गरेका थिए । महानगरपालिकाले त्यसमा रकम थपेर आकासे पुल निर्माण गरेको हो । कुल २ करोड १५ लाख रुपैयाँ लागतमा फलाम जोडेर पुलकाे निर्माण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । अघिल्लो साउनमै सक्नु पर्ने सम्झौता भएपनि कोरोनाको कारण १ वर्षपछि निर्माण सम्पन्न भएको हो । निर्माणको काम लगभग सकिएको भए पनि बुझबुझार्थ बाँकी रहेको पोखरा महानगरपालिकका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

०७६ जेठ ५ गते आकासे पुल निर्माणका लागि केएम जेबिएनएस पोखरा जेभीसँग सम्झौता भएको थियो । महानगरपालिकाले अरु बढी चाप भएका चोकमा थप पुल निर्माण गर्ने बताएको छ । पृथ्वीचोक, महेन्द्रपुल, बिरौटाचोक, सभागृहचोक, अमरसिंहचोक पोखरामा बढी व्यस्त चोक हुन् । पुल निर्माण भएपछि यात्रुहरुलाई सुरक्षित रुपमा हिड्न सहज भएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…