
इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते पसेको नीलगाई एक महिना बढी समय हुँदा पनि अझै उद्धार हुन सकेको छैन ।
नीलगाई उद्धार गर्न कृषि फार्मका सञ्चालक लिम्बुले प्रहरी प्रशासन, स्थानीय सरकार, डिभिजन वन कार्यालयमा पुगेर हारगुहार गरिरहेका छन् । तर वन कार्यालयले एक महिना बढी समय बितिसक्दा पनि उद्धार नगर्दा फार्म सञ्चालक मर्कामा परेका छन् । कृषि फार्ममा पसेको नीलगाईको बेलैमा उद्धार नहुँदा साढे ४ विगाह कृषि र्फाममा रहेका फलफूलका रुख, बिरुवा, तरकारी नष्ट गरेको छ ।
डिभिजन वन कार्यालय सुनसरीका डिभिजन वन अधिकृत दान बहादुर श्रेष्ठले डार्टिङ गनसहितको जनशक्ति नहुँदा बेलैमा उद्धार गर्न नसकिएको बताए । डार्टिङ गनसहितको टोली कोशीटप्पु वन्यजन्तु आरक्षणबाट आउँदै गरेको र भोलि (शुक्रबार) उद्धार हुने डिभिजन वन अधिकृत श्रेष्ठले इनेचर न्युजलाई बताए । नीलगाई ठुला भएकोले नियन्त्रण गर्न डार्टिङ गनसहितको जनशक्ति चाहिने भएकोले वन्यजन्तु आरक्षणबाट टोली बोलाउँदा उद्धारमा समय लागेको तरहरा सब डिभिजन वन कार्यालय इटहरीका सहायक वन अधिकृत अवदेशकुमार गच्छेदारले बताए ।
वन्यजन्तु उद्धार र व्यवस्थापनकालागि डार्टिङ गनसहित जनशक्ति नहुँदा देशभरका वनका कर्मचारी चितुवा लगायतका वन्यजन्तु जोखिमपूर्ण रुपमा उद्धार गरिरहेका छन् । प्रदेश सरकार अन्तर्गतका देशभरका वन कार्यालय र जिल्ला डिभिजन वन कार्यालयहरूमा हिंस्रक वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक डार्टिङ गनसहित जनशक्ति नहुँदा यो समस्या आएको हो ।
नीलगाई भारतीय उपमहाद्वीपमा सबैभन्दा ठुलो एन्टिलोप प्रजाति हो । यसको शरीरको बनावट घोडासँग बढी मिल्दोजुल्दो हुन्छ । वयस्क भालेको शरीरको रङ्ग नीलो खैरो हुन्छ भने पोथी तथा बच्छाहरुको शरीरको रङ्ग हल्का खैरो हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को उपदफा ३ बमोजिम नीलगाईलाई हानी नोक्सानी गरे राष्ट्रिय निकुञ्ज भित्र भए २० हजार देखि ५० हजार जरिवाना वा ६ महिना देखि १ वर्ष सम्म कैद वा दुवै हुन सक्ने छ । निकुञ्ज बाहिरको हकमा २० हजार सम्म जरिवाना, ६ महिना सम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…