
चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताउनुभयो । “केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ”, प्रजिअ तिम्सिनाले भन्नुभयो । यसअ अघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो ।
लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन माग गर्दै आएको थियो । व्यवसायीले आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
काँकरभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पीसीआर नेगेटिभ रिपार्ट र कोरोना विरुद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो । भारतको पश्चिम बङ्गालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए । झापाको काँकडभिट्टाबाहेक अरु नाकाबाट भने आवतजावतमा अझै रोक लगाइएको छ । भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेको छ । रासस



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…