
जेलैमा जेलैमा चरी जेलैमा, बाेलकाे गायिका विष्णु माझीले गाएको अहिलेको चर्चित गीत दुई हप्ताअघि युट्युबमा सार्वजनिक भएको थियो । यो गीतकाे भिडिओले एकपछि अर्को रेकर्ड बनाएको छ । रेकर्ड कायम गर्ने क्रममा चरी जेलैमा बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोडा भ्युज पाउने रेकर्ड बनाएको हाे।
गीत सर्वाजनिक भएको १३ औ दिनमा गीतले करोड भ्युज काटेको हो । समाचार लेख्दा सम्म यस गीतले १ करोड ४३ लाख ७ हजार ७ सय १९ भ्युज पाइसकेका छ । तीजको सन्दर्भमा निकालिएको यो गीतले दोस्रो हप्तामै ७५ लाख भ्युज पाएर रकेड राख्न सफल भएको थियो । यो गीत युट्युबमा जस्तै टिकटकमा पनि भाइरल छ ।
यस गीतमा बिहेर गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ । सपना म्युजिक इन्ट्रस्टिज नामक युट्युब च्यानालमार्फत् सार्वजनिक गीतको कारेसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन् । यस गीतको शब्द संगीत विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको रहेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …