
पोखरा-सिमरा नियमित उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश २ लाई हवाई उडानबाट जोड्ने गरी बुद्ध एयरले बुधबारदेखि नियमित उडान सुरु गरेकाे हो ।
यसअघि पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट नियमित उडान विस्तार गरेको बुद्ध एयरले नेपालगञ्ज-पोखरा सिधा उडान हालै सञ्चालनमा ल्याएको थियो । पोखरालाई विभिन्न प्रदेशसँग हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्ध एयरले जनाएको छ । देशकै महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु गरेको बरालले बताए ।
पोखरा-सिमरा हप्ताको तीन दिन उडान हुने छ । आइतबार, बुधबार र शुक्रबार उडान हुने पनि बुद्ध एयरले जनाएको छ। हवाई सेवा तीन किसीमको क्याटगोरीको छ । वाइ क्लासको उडान शुल्क ७१ सय ७० रुपौयाँ लाग्नेछ । यसैगरी ए क्लासको यात्रा गर्दा ५२ सय ७० रुपौयाँ भाडा दर तोकीएको छ भने सस्तो यात्राका लागि बी क्लास ४७ सय ७० रुपौयाँ लाग्ने बुद्ध एयरले जनाएको छ। पोखराबाट दिउँसो १२ः२० मा सिमराका लागि उड्ने जहाज सिमराबाट १:१५ बजे पोखराका लागि उड्नेछ । आवश्यक्ता अनुसार बुद्धले ७० सिटको ठुलो आकारको जहाज उडान भर्ने बताएको छ । बुद्धले पोखराबाट भारतीय सिमा नजिकको तराईको गन्तब्यमा योसँगै तेस्रो उडान सुरु गरेको हो । भैरहवा, नेपालगञ्ज सिधा उडान यस अघि नै गरिरहेको छ ।

थोरै समयका लागि पोखरा आउजाउ गर्ने पर्यटकलाई यो सेवाले थप आकर्षित गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । यो सेवासँगै भारतीय तिर्थयात्रु, भारत हुँदै आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकको आकर्षण बढ्ने उनले सुनाए । ३० मिनेटमै पोखराबाट सिमरा जान र उति नै समयमा सिमराबाट पोखरा आउन सकिने भएपछि गर्मी छल्न चाहने भारतीय पर्यटकको प्रमुख गन्तब्य पोखरा बन्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
पोखरा-सिमरा हवाई उडानको पहिलो दिन पोखराबाट गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा, पर्यटन व्यवसायी सहित १८ जना यात्रु लिएर सिमरा उडेको थियो । सिमराबाट ८ जना यात्रु पोखरा आएको बुद्ध एयरले जाएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…