
कोरोनाको दोस्रो लहर सुर भएसंगै देश भर एकै दिन ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण दर पनि बढेको छ । कोरोना सक्रमण फैलने क्रम बेढेकोले सरकारले स्वास्थय मापदण्डमा रहन अनुरोध गरेको छ ।
गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र तनहुँका १/१ संक्रमितको मृत्यु भएको सोमबार पुष्टि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा मृत्यु भएर सोमबार रिपोर्ट भएका थप पाँच जना पनि जोड्दा मृतकको संख्यामा एकैदिन १३ थप भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषकाे साेमबार र तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको आइतबार कोरोनाबाट मृत्यु भएको हो ।यसअघि गत ५ फागुनमा पोखरा ११ का ७१ वर्षीय कोरोना संक्रमित वृद्धको ज्यान गएको थियो । त्यसयता दैनिक ४० जनासम्म संक्रमित भेटिने गरेकोमा कसैको मृत्यु भएको थिएन ।
कास्की र तनहुँका दुवै संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जानकारी दिए ।कास्कीका संक्रमितमा कोभिडसँगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । तनहुँका पुरुषमा कोभिड र उच्च रक्तचापको समस्या रहेको डा. शर्माले बताए ।थप २ संक्रमितको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।प्रदेशमा सोमबारसम्म १६ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १६ हजार ३ सय ७ जना निको भएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।
यसै गरी बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् । मृतक तीन जनामा एउटा समानता छ, ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या लिएर अस्पताल आएका थिए ।
सोमबार नयाँ संक्रमितको संख्या पनि ५०० नाघेको छ । मन्त्रालयका अनुसार ५१०५ नमुनाको पीसीआर टेष्ट गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने ८ नाकामा ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । सबभन्दा धरै कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ५४ जनाको एन्टिजेन टेष्टमा पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला केही दिनमा संक्रमितको संख्या उकालो लागेको देखाएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने संक्रमण एक्कासी नबढेको बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला भन्छन्, ‘हामी कहाँ संक्रमण पुरै नियन्त्रणमा आएकै थिएन । हामीले पुस, माघ, फागुनमा रोकथामका उपाय छाडिदियौं ।’
५ पुसमा संसद विघटन भएपछि पक्ष र विपक्षमा राजनीतिक दलहरुले सभा सम्मेलन गरे, हजारौं मानिसहरु जम्मा गरेर भाषण गरे । नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडेका थिए । नेपाली घुमघाममा निस्कन थाले ।समुदायमा संक्रमण फैलिन थालेपछि संक्रमित र मृतकको संख्या बढ्न थालेको उनले बताए । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगर्ने हो भने संक्रमण अझ् बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन सिफारिस गरेको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…