
कालीगण्डकीबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले कार्यदल बनाएकाे छ । गण्डकी सरकारकाे मन्त्रिपरिषदको निर्णयले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको हाे ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई ३ महिना भित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ । कार्यदलले भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन दिने सरकारका प्रवक्त कुमार खड्काले बताए ।
सोमबार बसेको गण्डकी मन्त्रिपरिषदको बैठकले प्रदेश नीति तथा योजना आयोग गठन आदेशसमेत संशोधन गरेको छ । गठन आदेशमा समितिका पदाधिकारीको कार्यकाल ५ वर्ष रहेकोमा त्यो हटाइएको छ । भाली समस्या आउने हुँदा कार्यवधिबाट हटाएको मन्त्री खड्काले बताए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …