
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभामा व्यवसायीहरूले कोरोना सङ्कटमा पनि बैंकले व्यवसायीलाई ताकेता गर्दै दुःख दिन थालेकाे बताएका छन् ।
देशमा सबैभन्दा छिटो मारमा परेको पर्यटन उद्योग अरू व्यवसाय लयमा फर्कदा अहिले पनि शून्यमा रहेको अवस्थामा बैंकले भने सरकारको निर्देशनमा राष्ट्र बैंकले लागु गरेको सस्तो कर्जा प्रवाह, पुन कर्जा, सहुलियत कर्जा, व्यवसायीक निरन्तरता कर्जालगायत सस्तो ब्याजदरका कर्जा प्रवाहमा चासो नदिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए । केही सीमित व्यवसायीले बाहेक यस्तो कर्जा व्यवसायीले पाउन नसकेको उनले सुनाए ।

सरकारले कोरोना सङ्कटमा ब्याज, हर्जाना लिन नपाउने भने पनि बैंकले दुःख दिन थालेकाे परिषद अध्यक्ष भट्टराईले बताए । कोरोना संकटका कारण थला परेको पर्यटन व्यवसायलाई बचाउन र चलायमान गर्न सस्तो कर्जा, पुन कर्जा दिनु पर्नेमा पहुँचवालाले मात्र पाउने गरेको व्यवसायीले बताएका छन् । विद्युत् डिमाण्ड शुल्क छुट दिने सरकारको निर्णय पनि लागु नभएको परिषद अध्यक्ष भट्टराईले सुनाए । कोरोना सङ्क्रमण पछिल्लो समयमा घट्दो क्रममा भएकोले अव स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय चलाउनु पर्नेमा पनि उनले जोड दिए ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय थलो परेको पर्यटन क्षेत्रले पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दो क्रममा भएकोले पुन गति लिने विश्वास गरे । पोखरा महानगरपालिका ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पर्यटकीय क्षेत्र लेकसाइडको विकासकालागि संघ र प्रदेश सरकार सँग हारगुहार गर्दा पनि आवश्यकता अनुसार बजेट उपलब्ध नगर्दा जनता सँग गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकिएको सुनाए ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोरोनाले थला परेको पर्यटन व्यवसाय अव पनि कोरोना सँग डराएर बस्ने हो भने उठ्नै नसकिने गरी समस्यामा पर्ने भन्दै स्वास्थ्य सतर्कता अपनाएर सबैले अब व्यवास सञ्चालनमा ल्याउनु पर्ने बताए । अव कोरोना सँग डराएर होइन सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्नु पर्नेमा बरालले जोड दिए । कार्यक्रममा रेवानका महासचिव विकाश भट्टराईले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने उपाध्यक्ष नरेश भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…