
गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन ।
बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमुलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेससम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन उद्धार गर्न सकिएको भए बचाउन सकिन्थ्यो, उद्धार टोली अर्को दिन पुग्न नपाउँदै बाघको मृत्यु भयो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भन्नुभयो, “वन्यजन्तु उद्धार केन्द्र आवश्यक छ, तर स्थापना गर्न सकिएको छैन् ।
” विसं २०२६ मा स्थापना भएको शुक्लाफाँटा आरक्षको स्तरोन्नति हुँदै राष्ट्रिय निकुञ्ज बनिसक्दा पनि यहाँ वन्यजन्तु उद्धार केन्द्र बन्न सकेको छैन । “हिंसक वन्यजन्तु उद्धार गर्नुपरे यहाँ जनशक्ति अभाव छ”, पुर्जा पुनले भन्नुभयो, “हिंसक वन्यजन्तु उद्धार गर्न समस्या हुने गरेको छ ।” राष्ट्रिय प्रकृति संरक्षण कोषसित पनि वन्यजन्तुको उद्धारमा खटिने दक्ष जनशक्ति अभाव छ । “हिंसक वन्यजन्तुलाई लठ्ठ पारेर उद्धार गर्नुपर्ने हुन्छ, त्यसो गर्न प्राविधिक टोली यहाँ छैन”, उहाँले भन्नुभयो ।
निकुञ्जको सुरक्षामा नेपाली सेना र निकुञ्ज प्रशासन सक्रिय रहँदै आएको छ । वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पटक पटक पहल भए पनि कुनै सुनुवाइ नभएको निकुञ्जले जनाएको छ । केही वर्षअघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामुदायिक वनमा पासोमा परेको चितुवा उद्धारका क्रममा कर्मचारी घाइते भएका थिए । सो चितुवा उद्धारका लागि पनि बर्दियाबाट नै टोली यहाँ मगाइएको थियो । शुक्लाफाँटा निकुञ्जसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमासमेत वन्यजन्तुको चहलपहल छ । शुक्लाफाँटा १९ पाटे बाघ, झण्डै तीन हजार बाह्रसिङ्गे, १७ गैँडालगायत वन्यजन्तुको बासस्थान हो । चारैतिर मानव बस्ती र नेपाल–भारत सीमाना रहेकाले शुक्लाफाँटामा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । रासस



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…