
‘चरी जेलैमा’ गीतबाट पछिल्लो समयमा थप खोजी भएकी र चर्चाको शिखरमा पुगेकी चर्चित गायिका विष्णुमाझीको दशैं तिहार गीत ‘दशैं तिहार आइसक्यो’ बुधबार सार्वजनिक भएको छ । तीजमा ‘चरी जेलैमा’ चर्चा पाए जस्तै ‘दशैं तिहार आइसक्यो’ गीतले पनि दर्शकले निकै मनपराएको देखिएको छ ।
सार्वजनिक भएको दुई दिन नबित्दै बिहीबार साँझ सम्म ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । यस गीतले पुनः दर्शक तान्ने अवस्था सुरुमै देखिएको छ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।
गीतमा आप्नो परदेशी मान्छेलाई दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनालउँदै गाउँमा बोलाइएको छ । भिडियोको मनमोहक दृश्य लोभ्याउने खालको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा प्रिया विष्टले अभिनय गरेकी छिन् । यस गीतको भिडियोमा पनि सुन्दरमणिले अभिनय गरेका छन् ।



पोखरा : रसुवा लगायत क्षेत्रमा आएको अकल्पनीय बाढीले ५ जिल्लाका भोटेकोशी नदी वरपरका बस्तीमा मानवीय तथा भौतिक क्षति पु¥याएको…
अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…