
पोखराको सराङ्कोटबाट हिमाल हेर्र्दे युएन नेपाल स्थित आवासीय प्रतिनिधिले टिकटकमा नेपाल घुम्न आउन सैबैमा अनुरोध गरेकी छन् ।
अन्नपूर्ण, माछापुच्र्छे हिमाललाई पृष्ठभूमीका राख्दै टिकटकबाटै संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले अन्नपूर्ण, माछापुच्छे« हिमालको सुन्दरता, सूर्योदयको सुन्दर दृश्यको बयान गर्दै भिडियो बनाएर नेपाल सुन्दर छ घुम्न आउनु भन्दै सन्देश दिएकी हुन् ।
५५ सेकेन्डको भिडियाृमा सालोयन्तिले नेपाल पर्यटनकालागि खुला रहेको सन्देश दिएकी हुन् । नेपालको प्राकृतक सुन्दरता र संस्कृति महशुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आग्रह गरेकी छन् । उनले कोभिडपछिको पर्यटन उठाउन कुटनीतिक मिसनका लागि आफु गण्डकी प्रदेशमा रहेको बताउँदै कोभिड महामारी पछिको पर्यटनलाई उठाउने उद्धेश्यले आयोजित कार्यक्रममा भाग लिन आएको बताएकी छन् ।
नेपाल पर्यटनमा निर्भर रहेको र दिगो पर्यटन, पहुँचयोग्य पर्यटन, समावेशी पर्यटनले नेपालको विकास र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने उनले बताएकी छन् । नेपालको कल्चर बुझन गाउँ जान र प्रकृतिमा रमाउन नेपाल आउन उनले सुझाएकी छन् । उनले विश्व पर्यटन दिवसका अवसरमा सबैलाई शुभकामना पनि दिएकी छन् । सोमबार राति पानी परेपछि हिमाल खुलेको थियो । बिहानै सराङ्कोट पुगेर हिमाललाई पृष्ठभूमीमा पार्दै उनले यसो भनेकी हुन् ।
कोरोना पछि थला परेको पर्यटनलाई उठाउन गण्डकी प्रदेश सरकारको निमन्त्रगणमा ११ देशका राजदूतसंगै अन्य कुटनितिक नियोगका प्रमुखहरु आइतबार पोखरा आएका थिए । तीन दिनको बसाईमा उनिहरुले अन्नपूर्ण गाउँपालिकामा रहेको अपाङ्गता मैत्री पयात्रा मार्ग र पोखरा २४ कास्कीकोट क्षेत्रको ७ किलोमिटर हाइकिङ् गरेका थिए । पोखराको पर्यटकीय क्षेत्र पाताले छाँगोको अवलोकन, फेवातालम नौकाविहार र बाराहीघाटमा प्रत्येक दिन साँझ हुने आरतीको अवलोकन गरेका थिए ।
कोभिड पछिको पर्यटन उठाउन गण्डकी सरकारको निमन्त्रणमा दक्षिण कोरिया, कतार, साउदी अरेबिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, जर्मनी, मलेसिया, श्रीलंका, फिनल्याड, युएईका राजदूथ र कुनितिक नियोगका प्रमुख सहित २५ सदस्य टोली पोखरा आएका हुन् ।
विश्य पर्यटन दिवसका अवसरमा पोखराको लेकसाइडमा मिनी सडक महोत्सवको आयोजना गरिएको थियो । रेवान पोखराको अयोजनामा भएको १ दिने मिनी सडक महोत्सवमा नेपाली परम्परागत संस्कृतिक कार्यक्रमका साथ सडकमै विभिन्न खानाका परिकार पस्कीएको थियो । पानी परेर भने सडक महोत्सव लयमा भने चल्न सकेको थिएन ।
पोखराका पर्यटन व्यवसायीले गण्डकी प्रदेश सरकारले कोभिडले थला परेको पर्यटन उद्योगलाई उठाउन विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर पोखरा र नेपाल खुला छ भन्ने सन्देश दिएकोमा खुशी व्यक्त गरेका छन् । राजदूत र कुनीतिक नियोगका प्रमुखहरुले नेपाल खुला छ घुम्न आउनु भन्ने सन्देश सामाजिक सञ्जालमा पनि दिएपछि पर्यटन व्यवसायी करिव दुई वर्ष देखि थलापरेको पर्यटन उद्योग पुन उठ्ने र गतिलिनेमा आशा जागेको बताएका छन् । सरकारले पर्यटन उद्योगलाई उठाउन गरेको पर्यटन कुटनीतिले पर्यटन उद्योग पुन छिट्टै उठ्ने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले गरे ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…