अमेरिकाको न्यूयोर्कमा मे २९ लाई सगरमाथा दिवसकाे रुपमा मनाउने घाेषणा


     नेचर न्युज    
     असाेज १८ गते २०७८ मा प्रकाशित


अमेरिकाको न्यूयोर्कमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । सगरमाथामा पहिलो मानाव पाइला टेको दिनको स्मरण गर्दै अमेरिकाको न्यूयोर्क सहरका सगरमाथा दिवस मनाइने भएको हो । न्यूयोर्कमा आयोजित कार्यक्रममा राज्य विधान सभा सदस्य जेनिफर राजमुमारले मे २९ तारिखलाई एभरेष्ट डेको रुपमा घोषण गरेकी हुन् ।

हिमाआरोही शेर्पाहरुको साहस, त्याग र इमान्दारिताको सम्मान गर्दै त्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउने उनले बताएकी छन् । सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका छन् ।

सहकार्य गरेर सगरमाथा दिवस मनाइने पनि उनले बताएका छन् । कार्यक्रममा युएस नेपाल पर्वतारोहण संघका अध्यग पासाङनिमा शेर्पाले हिमआरोहीको सम्मानकालागि गरिएको निर्णय भन्दै खुसी व्यक्त गरेका छन् । राष्ट्रसंघका लागि अमेरिकाका स्वास्थ्य राजदूत सिमा क्यारेट्नया लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।