
एनडीआकासी नामक गोरिल्लाको निधन भएको छ । यस गोरिल्लाले रेन्जरसँग खिचेको सेल्फी निकै भाइरल भएको थियो । गोरिल्लाले सेल्फी खिच्ने क्रममा प्रकट गरेको आनन्द भावको सुन्दर तस्बिरका कारण गोरिल्ला भाइरल भएको थियो ।
सन् २००७ मा सिकारीले आमाबाबु दुबैलाई मारिदिएपछि रेन्जर एन्द्रे बाउमाले उद्धार गरेर एनडीआकासीलाई संरक्षण गर्दे आएका थिए । त्यस बेला एनडीआकासी मृत आमासँगै टाँसिइरहेको अवस्थामा उद्धार गरिएको बताइएको छ ।
१४ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । अफ्रिकाको पुरानो राष्ट्रिय निकुञ्ज भिरुङ्गामा उद्धार गरेर संरक्षण गरिरहेका एन्द्रे बाउमाको अँगालोमा एनडीआकासीको निधन भएको बताइएको छ । एनडीआकासीको मृत्युपछि रेन्जर बाउमा दुःखी भएका छन् ।
सानो बच्चै अवस्थामा मृत आमाको काखबाट उद्धार गरेर संरक्षण गर्दाको पल सम्झदै उनि दुखी बनेका हुन् । उनले आप्नै छोराछोरी सरह माया गरेर हुँकाएको एनडीआकासीको निधनले दुःखी बनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमलाई बताएका छन् । एजेन्सीकाे सहयाेगमा



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…