
एनडीआकासी नामक गोरिल्लाको निधन भएको छ । यस गोरिल्लाले रेन्जरसँग खिचेको सेल्फी निकै भाइरल भएको थियो । गोरिल्लाले सेल्फी खिच्ने क्रममा प्रकट गरेको आनन्द भावको सुन्दर तस्बिरका कारण गोरिल्ला भाइरल भएको थियो ।
सन् २००७ मा सिकारीले आमाबाबु दुबैलाई मारिदिएपछि रेन्जर एन्द्रे बाउमाले उद्धार गरेर एनडीआकासीलाई संरक्षण गर्दे आएका थिए । त्यस बेला एनडीआकासी मृत आमासँगै टाँसिइरहेको अवस्थामा उद्धार गरिएको बताइएको छ ।
१४ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । अफ्रिकाको पुरानो राष्ट्रिय निकुञ्ज भिरुङ्गामा उद्धार गरेर संरक्षण गरिरहेका एन्द्रे बाउमाको अँगालोमा एनडीआकासीको निधन भएको बताइएको छ । एनडीआकासीको मृत्युपछि रेन्जर बाउमा दुःखी भएका छन् ।
सानो बच्चै अवस्थामा मृत आमाको काखबाट उद्धार गरेर संरक्षण गर्दाको पल सम्झदै उनि दुखी बनेका हुन् । उनले आप्नै छोराछोरी सरह माया गरेर हुँकाएको एनडीआकासीको निधनले दुःखी बनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमलाई बताएका छन् । एजेन्सीकाे सहयाेगमा



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…