
नेपालगञ्जबाट मुगु जादै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नं को यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ ।
दर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका ७ पिनातपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए ।
दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदै पाँच सय मिटर जति तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेको र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएकोले दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएमो अनुमान गरिएको हो ।
बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा दसै बिदामा राजधानी लगायत बिभिन्न सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ । चाडपर्वकाे बेला यति ठूलाे मानवीय क्षति हुँदा मुगु शाेकमा डुबेकाे छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…