
नेपालीकाे चाड दसैंमा पिङको धेरै नै महत्त्व छ । वर्षमा एकपटक जमिन छोड्नु पर्छ भन्ने मान्यताले पनि दसैंमा पिङ खेलेर रमाइलो गर्ने परम्परा चल्दै आएको छ ।
पिङ केटाकेटी मात्र होइन आमा, बुवा, हजुरआमा, हजुरबाले टीकोको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेलेर रमाइलो गर्ने चलन छ । दसैंमा पिङ मुख्यत दुई प्रकारका पाइन्छन् लिङ्गे र रोटे । लिङ्गे पिङ दुई तिर दुई दुईवटा बास गाडेर बिचमा बाँस तेसारेर लठ्ठो बाँधेर पिङ बनाइन्छ । पहिले पहिले बाबियाको लठ्ठो बुन्ने चलन थियो हिजो आज प्लास्टिकको डोरीको लठ्ठो पाइन्छ । रोटे पिङ भने काठको बनाइन्छ ।
पोखरामा पहिले पहिले चोक चोकका खाली मैदानमा लिङ्गे र रोटे पिङ बनाउने चलन थियाे । घरघरमा भने केटाकीहरुकालागि सानाे पिङ बनाउने चलन थियो । दसैंमा केटाकेटीहरू पिङ खेलेर रमाउँथे । पछिल्लो समयमा भने फाट्ट फुट्ट मात्र पिङ राखेको देख्न सकिन्छ । हिजो आजका बालबालिका धेरै जसो कम्प्युटर र मोबाइलमै व्यस्त हुने गर्दछन् । गाउँ घरका युवाहरु विदेश पलायन भएका छन् । यसैले पनि पिङ बनाउने जनशक्तिकाे अभाव भएकाे पाेखरा १८ की गितामाया तामाङले बताइन् । पहिले पहिले पिङ राख्ने र रमाइलाे हुने क्षेत्र यति बेला सुनसान रहेकाे पाेखरा १८ ग्यारजातीकी विष्णुमाया बरालले सुनाइन् ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…