
नेपालीकाे चाड दसैंमा पिङको धेरै नै महत्त्व छ । वर्षमा एकपटक जमिन छोड्नु पर्छ भन्ने मान्यताले पनि दसैंमा पिङ खेलेर रमाइलो गर्ने परम्परा चल्दै आएको छ ।
पिङ केटाकेटी मात्र होइन आमा, बुवा, हजुरआमा, हजुरबाले टीकोको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेलेर रमाइलो गर्ने चलन छ । दसैंमा पिङ मुख्यत दुई प्रकारका पाइन्छन् लिङ्गे र रोटे । लिङ्गे पिङ दुई तिर दुई दुईवटा बास गाडेर बिचमा बाँस तेसारेर लठ्ठो बाँधेर पिङ बनाइन्छ । पहिले पहिले बाबियाको लठ्ठो बुन्ने चलन थियो हिजो आज प्लास्टिकको डोरीको लठ्ठो पाइन्छ । रोटे पिङ भने काठको बनाइन्छ ।
पोखरामा पहिले पहिले चोक चोकका खाली मैदानमा लिङ्गे र रोटे पिङ बनाउने चलन थियाे । घरघरमा भने केटाकीहरुकालागि सानाे पिङ बनाउने चलन थियो । दसैंमा केटाकेटीहरू पिङ खेलेर रमाउँथे । पछिल्लो समयमा भने फाट्ट फुट्ट मात्र पिङ राखेको देख्न सकिन्छ । हिजो आजका बालबालिका धेरै जसो कम्प्युटर र मोबाइलमै व्यस्त हुने गर्दछन् । गाउँ घरका युवाहरु विदेश पलायन भएका छन् । यसैले पनि पिङ बनाउने जनशक्तिकाे अभाव भएकाे पाेखरा १८ की गितामाया तामाङले बताइन् । पहिले पहिले पिङ राख्ने र रमाइलाे हुने क्षेत्र यति बेला सुनसान रहेकाे पाेखरा १८ ग्यारजातीकी विष्णुमाया बरालले सुनाइन् ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …