
बेमौसमी वर्षापछिको बाढी, पहिरोबाट ५८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार साझसम्म ५८ जनाको मृत्यु भएको हो । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् ।
देशका विभिन्न स्थानमा सोमबारदेखि आएको बाढी पहिरो र डुबानका कारण प्रदेश १ मा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जनाको ज्यान गएको हो । बाढी, पहिरोबाट प्रदेश १ मा १४ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा १ जना भाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
घाइतेहरुलाई उपचारकालागि स्थानीय अस्पताल लगिएको छ । बाढी, पहिरोको कारण सुदूरपश्चिम प्रदेशमा २३ जना र प्रदेश १ मा ३ जना गरी २६ जना बेपत्ता भएका छन् । बेपत्ताहको सुरक्षाकर्मी, स्थानीयले खोजी गरिरहेका छन् । बाढी, पहिरोबाट ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले बताएको छ ।
यसै गरि बाढी, पहिरो र डुबानमा परी १ सय १ वटा पशु चौपायाको मृत्यु भएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…