मेरापिक हिमालमा फसेका आरोहीको उद्दार


     नेचर न्युज    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


मेरापिक हिमालको आरोहण गरेर फर्कने क्रममा हिमालमै रोकिएका ४ विदेशी र १ नेपालीका उद्दार गरिएको छ । नेपाल पर्वतारोहण संघबाट आरोहण अनुमति लिएर मकालु एड्भेन्चर प्रालि मार्फत उनिहरु मेरापिक हिमाल आरोहणकालागि गएका थिए ।

मकालु एड्भेन्चरले उद्दार गरि काठमाण्डौं ल्याइएका उनिहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । आरोहणमा गएका छेतेन शर्पा भने तीन दिनदेखि वेपत्ता रहेको बताइएको छ । उनको खोजी कार्य जारी रहेको संघले जनाएको छ । खराब मौसम र हिमपातका कारण आरोहण गरि फर्कने क्रममा अलप परेका शेर्पा इभेन्ट्स अर्गानाइजरका सदस्यहरुको पनि उद्दार गरिएको संघले जनाएको छ ।