
विश्वका घुम्नकालागी १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ । लोन्ली प्लानेटले आगामी वर्ष घुम्न उत्कृष्ट हुने दश देशहरुको नाम सार्वजनिक गरेको सूचीमा नेपाल पनि परेको हो । लोन्ली प्लानेट ५० वर्ष पुरानो विश्वव्यापी यात्रा गाइड किताब हो । यसैले नेपालका पर्यटन व्यवसायी विश्वका घुम्नकालागि दश उत्कृष्ट देशमा नेपाल परेकोमा खुशी भएका छन् ।
लोन्ली प्लानेटमा यात्रासम्बन्धि थुप्रै किसिमका विवरण र जानकारीहरु समावेश हुन्छन् । त्यसैले सन् २०२२ मा घुम्न उत्कृष्ट हुने देशको सूची सिएनएनले प्रकाशन गरेको छ । नेपालको कुरा गर्दा विश्वको उच्च शिख सगरमाथा नछुट्ने भए पनि यहाँ पर्यटककालागि अरु पनि धेरै कुराहरु रहेको उल्लेख गरिएको छ । हिमालपारीका जिल्ला मुस्ताङ यात्रादेखि यहाँका होमस्ट, खानेकुरा, कफी, चौरीको घिउ लगायत आकर्षण भएको सिएनएनले लेखेको छ । लोन्ली प्लानेटको सूचीमा रहेका नेपाल सहित दश देश यस प्रकार छन् ।
इजिप्ट, मालावी, नेपाल, ओमन, एंगुइला, स्लोभनिया, बेलिजे, मोरिसस, नर्वे, कूक आइल्याण्ड रहेको जनाइएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…