
पाेखरामा भाइटीका महाेत्सव हुने भएकाे छ । काेराेना भाइरसका कारण दुई वर्ष राेकीएकाे भाइटीका महाेत्सव यस वर्ष हुने भएकाे हाे । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव–२०७८ आयोजना गर्ने भएको हाे । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने छ ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम टीकाको दिन अपरान्ह् २ बजेर ३० मिनेटमा सुरु गरिने जनाएको छ। विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यस पटक १४औँ भाइटीका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठको भनाइ छ। महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको छ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…