
पोखरामा भाइटिका महोत्सव भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको भाइटिका महोत्सव कोरोना संक्रमणका कारण दुई वर्ष पछि भएको हो ।
१४ औं भाइटिका महोत्सवमा ५ देशका २० विदेशी नागरिकले टिका ग्रहण गरेका छन् । पोखराको लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटिकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रबद्र्धनमा सघाउने उद्धेश्यले भाइटिका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुबेदीले जानकारी सुनाए ।

कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टिका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्याएर समेत सहभागी भएका थिए ।
विदेशी नागरिकलाई टिका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए । सो अवसरमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम पर्यटक नाचेर रमाएका थिए । कार्यक्रम सुरु गर्दै संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटिकाको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।

महोत्सवमा सहभागी जर्मनको वलीन सहरका पर्यटक डेभिड स्टेनरले तिहार महोत्सवमा सहभागी भएर नेपाली संस्कृति नजिकबाट बुझन पाएकोमा खुशी लागेको बताए । कोरोना संक्रमणका कारण लामो समय विदेश यात्रा गर्न नपाएको बताउँदै नेपाल पर्यटकलाई खुला छ भन्ने थाहापाएर घुम्न आएको सुनाए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…