
अमेरिकाले कोभिड नियन्त्रण गर्न २० महिना देखि लामो आवगमन प्रतिबन्ध सोमबार देखि हटाउने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरुलाई आप्नो सीमा खुला गर्ने भएको हो ।
कोभिड नियन्त्रण गर्न अमेरिकाले सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धका कारण ब्रिटेन र युरोपेली संघका देशहरु सहित ३० भन्दा बढी देशहरुका आफन्तको पारिवारिक पुर्नमिलन हुन पाएको थिएन । पूर्ण मात्रा खोप लगाएको विदेशी यात्रुहरुलाई अमेरिकाले सीमा खुला गर्ने भएपछि पारिवारिक पुर्नमिलन हुनुको साथै पर्यटन क्षेत्रले पनि राहात पाउने विश्वास गरिएको छ ।
यात्रुहरुले अड्नु अघि पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राका तीन दिन भित्रको कोभिड नेगेटिभ देखिएको परीक्षण र आप्नो सम्पर्क विवरणहरु बुझाउन पर्ने छ । यति गरेपछि यात्रुहरु क्वारन्टिन बस्नु नपर्ने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा आएका मुख्य सात खोपलाई मान्यता दिने जनाएको छ । विदेशी यात्रुहरुलाई अमेरिकाको सीमा खुला गर्ने निर्णय संगै लामो समय देखि प्रभावित पर्यटन उद्योग पुनः चलायमान हुने विश्वास गरिएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…