
कोभिड—१९ को कारण झन्डै दुईवर्ष थला परेको पर्यटन उद्योगले पुनः गति लिन थालेकाे छ । पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा सुधार देखिएको हो ।
सन् २०१९ को डिसेम्बर देखि कोरोना संक्रमण बढेपछि सरकारले २०७६ को चैत महिना देखि पटक पटक लकडाउन लगाएको थियो । गत असोज महिना देखि पूर्ण रुपमा लकडाउन हटे संगै सुरुमा आन्तरिक पर्यटक घुमफीरमा निस्कने क्रम बढेको थियो । पछिल्लो समयमा भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमन पनि सुरु भएको हो ।
सन् २०१९ को अक्टोबरमा पर्यटकको आगमन संख्या १ लाख ३४ हवार ९६ रहेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सन् २०१९ को डिसम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस देखिएर विश्वभर फैलन सुरु भएपछि पर्यटकको आगमन घट्दै गयो । सन् २०२० को अक्टोबरमा विदेशी पर्यटकको आगमन जम्मा २ हजार २५ जना मात्र आएका थिए ।
सन् २०२१ को अप्रिल महिनामा नेपालमा २२ हजार ४ सय ५० जना विदेशी भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो समयमा पर्यटकको आगमन बढ्ने क्रममा अक्टोबर महिनामा २३ हजार २ सय ८४ जना विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

पर्यटकको आगमन विस्तारै बढ्दो क्रममा रहेपछि लामो समय शुन्यमा रहेको पर्यटन व्यवसायले विस्तारै गति लिने विश्वासमा पर्यटन व्यवसायी रहेका छन् । पर्यटकको आगमन विस्तारै बढ्न थालेकोले सन् २०२२ मा पर्यटन व्यवसायले थप गति लिने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्राईले विश्वास गरे ।
दसैं र तिहारमा स्वदेशी पर्यटकको साथै भारतीय पर्यटकको पनि आगमन बढेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । त्यो अवधीमा होटलमा ५० देखि ६० प्रतिशत कोठामा पर्यटकको अकुपेन्सी रहेको पनि उनले सुनाए । दसैं तिहारपछि भने यो क्रम केही घटेको उनले सुनाए ।
भारतको गोरखपुरबाट पोखरा घुम्न आएका आयाज खानले कोरोना विरुद्ध खोप लागएर घुम्न आएको बताए । पहिलो पटक पोखरा घुम्न आएका आयाज र उनका साथी पोखराको प्राकृतिक सुन्दरता देखेर निकै रमाएको सुनाए । कोरोनाको कारण लामो समय घुम्न निस्कन नपाएकोले छिमेकी देश नेपाल घुम्न पाउँदा निकै खुशी लागेको सादमा जावेदले सुनाइन् ।

भारतिय पर्यटकहरु पछिल्लो समयमा निजी कार र बसमा आउन थालेका छन् । मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक पनि पछिल्लो समयमा बढेको पर्यटन व्यवसायीले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…