
कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन हटेपछि नेपालमा पर्यटक आगमनमा सुधार देखिएको छ । कोरोना सङ्क्रमणले थला परेको पर्यटन अङ्ग्रेजी महिनाको अक्टोबर देखि सुधार देखिएको हो ।
अक्टोबर महिनामा हवाई मार्गबाट कोरोना सङ्क्रमण पछिकै सबैभन्दा धेरै २३ हजार २ सय ८४ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अङ्ग्रेजी महिनाको सेप्टेम्बरको दोस्रो हप्ता देखि डिसेम्बर महिना सम्म पर्यटकको मुख्य सिजन हो । यस्तै पर्यटकको दोस्रो सिजनको रूपमा मानिएको गएको अप्रिल महिनामा २२ हजार ४ सय ५० जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए ।
सन् २०२१ काे जनवरीमा हवाईमार्ग हुँदै ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ । यसै गरी फ्रेब्रुवरीमा ९ हजार १ सय ४६, मार्च महिनामा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महिनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७ र सेप्टेम्बर महिनामा ९ हजार ८ सय ९८ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए । कोरोना सङ्क्रमण कम हुँदै जानु र कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि पर्यटक बिस्तारै हिँडडुलमा निस्कन थालेको उनले बताए ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…