
बेगनास पार्कमा दश करोडको परियोजना अघि बढ्ने भएको छ । ड्रिम डेभलपर्स प्रा लि काठमाण्डौंले तयार पारेको बेगनास ताल पार्कको बृहत् प्रस्ताव परियोजनाको प्रस्तुति पछि सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले १० करोडको परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सङ्घीय सरकारसँग पनि आफूले लबिङ गर्ने उल्लेख गर्दै, मन्त्री शर्माले त्यसका लागि लेखनाथवासीले साझा योजना हो भन्ने विश्वास दिलाउनु पर्ने स्पष्ट पारे । मन्त्री शर्माले बेगनास तालको बराह क्षेत्रको विकासका लागि साझा अवधारणा बनाउन सरोकारवालालाई आग्रह गरेका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा मन्त्री शर्माले बराह क्षेत्रको बृहत्तर विकास सहितको गुरुयोजना कार्यान्वयनमा सहयोग गर्ने पनि सुनाए । त्यसका लागि लेखनाथवासीको साझा सरोकार बन्नु पर्ने पनि उनले बताए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथमा देखिने गरी पर्यटन विकासका गतिविधि हुन नसकेको बताए । पर्यटनको सम्भावना र अवसर भएपनि सरकारका दृष्टिमा नपरेको गुनासो गरे ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…